Rule 9
लगतको प्रकाशन लगतको प्रकाशन
(१) यो नियमावली बमोजिम लगत तयार गरेपछि त्यस्तो
लगतलाई हाकिमको निर्णय मानिनेछ । हाकिमले आफूले तयार पारेको लगत सबैको जानकारीको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको कार्यालयमा प्रकाशित गरिनेछ । त्यसरी लगत प्रकाशित भएपछि सम्बन्धित जग्गावालाले थाहा पाएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाश गरिएका लगतको एक एक प्रति सम्बन्धित मन्त्रालय, तालुक विभाग र कुमारी चोकमा समेत पठाउनेछ ।
(३) हाकिमले निर्णय गरी उपनियम (१) बमोजिम लगत प्रकाश गरेपछि विर्ताको श्रेणी सम्बन्धी कुरामा वा ऐनको दफा ४ बमोजिम निर्धारित दरका सम्बन्धमा वा क्षेत्रफल वा किसिमका सम्बन्धमा चित्त नबुझ्ने व्यक्तिले त्यसको निर्णय भएको थाहा पाएको मानिने मितिले ३५ दिनभित्र प्रचलित नेपाल कानुन तथा यो
नियमावलीले पुनरावेदन वा उजुर गर्न पाउने ठाउँमा पुनरावेदन वा उजुर गर्नुपर्छ । यो म्यादभित्र पुनरावेदन वा उजुर नपरेमा प्रकाशित लगतलाई नै हाकिमले ऐन तथा यो नियमावलीका अधीनमा रही कायम मान्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम पुनरावेदन वा उजुर परेमा त्यस्तो पुनरावेदन वा उजुर सुन्नेले पुनरावेदन वा उजुरमा कारवाई हुने नहुने निर्णय गर्नेछ र पुनरावेदन वा उजुरमा कारवाई गर्ने निर्णय भएमा सो निर्णय भएका ३ दिनभित्र पुनरावेदन वा उजुर परेका कुराको छोटकरी विवरण सहितको सूचना श्रेस्तामा जनाउनका लागि माल अड्डालाई दिनुपर्छ ।
तर उजुर परेकोमा रीत पूर्वकको म्याद नक्कल पठाउनेमा यो उपनियमको कुनै कुराले बाधा पु¥याएको मानिने छैन ।